Monday, January 11, 2010

One of the Best Love Letter in the History of LOVE....


Lord Byron to Caroline
August 1812
My dearest Caroline,
If tears, which you saw & know I am not apt to shed, if the agitation in which I parted from you, agitation which you must have perceived through the whole of this most nervous nervous affair, did not commence till the moment of leaving you approached, if all that I have said & done, & am still but too ready to say & do, have not sufficiently proved what my real feelings are & must be ever towards you, my love, I have no other proof to offer. God knows I wish you happy, & when I quit you, or rather when you from a sense of duty to your husband & mother quit me, you shall acknowledge the truth of what I again promise & vow, that no other in word or deed shall ever hold the place in my affection which is & shall be most sacred to you, till I am nothing.
I never knew till that moment, the madness of -- my dearest & most beloved friend -- I cannot express myself -- this is no time for words -- but I shall have a pride, a melancholy pleasure, in suffering what you yourself can hardly conceive -- for you don not know me. -- I am now about to go out with a heavy heart, because -- my appearing this Evening will stop any absurd story which the events of today might give rise to -- do you think now that I am cold & stern, & artful -- will even others think so, will your mother even -- that mother to whom we must indeed sacrifice much, more much more on my part, than she shall ever know or can imagine. "Promises not to love you" ah Caroline it is past promising -- but shall attribute all concessions to the proper motive -- & never cease to feel all that you have already witnessed -- & more than can ever be known but to my own heart -- perhaps to yours -- May God protect forgive & bless you -- ever & even more than ever.
yr. most attached
BYRON

Saturday, July 18, 2009

2009 Prediction for Capricorn

2009 का वर्षफल - मकर राशि - (2009 Varshphal - Capricorn Rashi)
Acharya Shashikant -
2009 Varshphal - Capricorn Rashi
वर्ष 2009 के प्रथम त्रैमास में मकर राशि वाले व्यक्ति पारिवारिक समस्याओं एवं उलझनों में घिरे रहेंगें। सगे सम्बन्धियों एवं कुटुम्ब जनों के मामले को लेकर आप व्यस्त रह सकते हैं।
लोग आपके प्रति विश्वास दिखाएंगे परंतु हो सकता है कि जरा सी चूक होने पर आपको इसका नुकसान उठाना पड़ सकता है। अभी आपको कदम जरा सम्भाल कर रखना होगा अन्यथा आपके साथ विश्वासघात हो सकता है। धार्मिक कार्यों के प्रति मन में आस्था जगेगी। मार्च महीने में खर्च की अधिकता रहेगी हो सकता है कि आपको अपनी आवश्यकता की पूर्ति के लिए इस समय किसी से धन लेना पड़ेगा। पारिवारिक मुद्दे इस माह सुलझ सकते हैं। ज़मीन जायदाद एवं प्रोपर्टी के मामलों में आपकी व्यस्तता बढ़ सकती है।
द्वितीय त्रैमास की शुरूआत में आपको मिश्रित फल मिलने वाला है। पारिवारिक एवं सामाजिक दायित्व का निर्वाह कर सकेंगे। जीवनसाथी बीमार हो सकता है। वैवाहिक सम्बन्ध बनने की भी संभावना रहेगी। नौकरी एवं व्यापार में स्थिति अनुकूल रहेगी। अगर आप अपना धन किसी से वापस पाना चाहते हैं तो इस माह मिलना मुश्किल होगा। भौतिक सुख प्राप्त होंगे, इस माह आप नवीन वस्त्र और आभूषण प्राप्त कर सकते हैं। आर्थिक स्थिति सामान्य रहने वाली है। इस अवधि में धार्मिक कार्यों में दिलचस्पी बढ़ेगी। संतान से सहयोग प्राप्त होगा।
यह वर्ष छात्रों को अपने कार्मानुसार अनुकूल फल देगा। इस राशि वाले व्यक्तियों के लिए तृतीय त्रैमास में परिश्रम की अधिकता रहेगी। समय भागदौड़ और बेचैनियों में गुजरेगा। अधिक लाभ की आशा में और अपने कारोबार को विस्तार देने के लिए आप अधिक धन लगाएंगे तो इस समय आपको इसका अनुकूल लाभ मिलने की संभावना नहीं रहेगी। अधिकारी वर्ग एवं अपने से श्रेष्ठ लोगों से अकारण विवाद को जन्म देना हानिकारक हो सकता है। अपने परिवेश को शांत और अनुकूल बनाने की कोशिश कीजिए इससे कार्यक्षेत्र में गुणात्मक परिणाम प्राप्त होगा।
अंतिम त्रैमास में भूमि एवं मकान से सम्बन्धित विषयों का निबटारा होगा। भाग दौड़ की अधिकता रहेगी, यात्रा भी करना पड़ सकता है। यात्रा लाभप्रद रहेगी। बेरोजगार लोगों को नौकरी मिल सकती है और नौकरी पेशा लोगों को पदोन्नति मिल सकती है। व्यापार में स्थिति सामान्य रहेगी लेकिन अगर आप सरकारी अधिकारियों से विवाद करेंगे तो परेशानी बढ़ सकती है। मकर राशिवालों के लिए खुशख़बरी यह है कि आने वाला साल इनके लिए उत्तम रहेगा और इनके भाग्य का सितारा चमकेगा। इस वर्ष मकर राशि वालों के लिए हनुमान जी और विष्णु भगवान की पूजा एवं बृस्पति की उपासना फलदायक होगा।

Monday, March 2, 2009

www.acharyabandhuganesh.blogspot.comपाईंलाई थाहा नै छ कि म मेरो ब्लग चलैरहेको छु। मेरो ब्लग म समाबेश गर्नको लागि बिभिन्न ब्यक्ती हरु बाट सौजन्य स्वरुप कोसेली हरु प्राप्त भयक छन। ति मध्य केही लाई मैले समाबेश गर्ने प्रयास गरेको छु। एउटा १० बर्ष पछाडि को कल्पना गरेर लीइीएको अन्तर्वाता पनि प्राप्त भयको एस् जस्लाई पनि मैले समाबेश गरेको ६ु र एउटा कबित पनि छ जुन प्रेम गर्न नसकेको बिषयमा छ। यि सबै लाई अध्ययन गरेपछी तपाईंलाई कस्तो लाग्छ म प्रतिकृयाको खोजी मा छु।


नमस्कार, आज २०७५ साल असोज २२ गते आइतबार । नेपालमा गणतन्त्र स्थापना भएको आज ठीक दस वर्ष पुगेको छ । त्यतिखेर मानिसले कल्पना नै गरेका थिएनन् कि केवल दस वर्षमा नेपालमा यति धेरै विकास होला भनेर । पूर्व काँकडभिट्टादेखि पश्चिम धनगढीसम्म साढे चार घन्टामा पुगिने बुलेट रेल सेवा 'एकता एक्सप्रेस'को सञ्चालन होस् वा दार्चुलादेखि ताप्लेजुङ जोड्ने पहाडी हाइवेको स्थापना होस्, दुवैको निर्माणबाट केवल दस वर्षमा नेपालमा चमत्कार भएको छ । ल्हासाबाट खासा हुँदै काठमाडौंसम्म बिछ्याइएको पेट्रोल पाइपको कुरो होस् वा रोल्पामा खुलेको संसारकै सबैभन्दा ठूलो जडीबुटी उद्योग होस्, दस वर्षपहिले मान्छेले देखेका यी सबै सपना अहिले पूरा भएका छन् । यी सबै सपनालाई पूरा गराउने देशका सबै राजनैतिक दल, नागरिक समाज र प्रतिबद्ध नागरिकलाई अहिले विश्वका देशले बधाईका सन्देशहरू ओइर्‍याइरहेका छन् ।
अरू त अरू, अहिले यो कार्यक्रम 'नेपाल-निर्देश' काठमाडौंस्थित नेपाल टेलिभिजनको १२५ तले भवनको तीसौं तलाबाट सञ्चालन गरिहेका छौं । अब हामी यस विषयमा कुरा गर्दैछौं, दस वर्षदेखि निरन्तर रूपमा नेपालको प्रधानमन्त्रित्व सम्हालेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग ।

अजयकुमार- आरामै हुनुहुन्छ ?
प्रचण्ड- राजनैतिक रूपमा आराम गरेर बसेको भए अहिले जुन विकास देख्दै हुनुहुन्छ, त्यो दस वर्षमा सम्भव नै हुँदैनथ्यो भन्ने मेरो ठम्याइ हो ।
अजयकुमार- दस वर्षअघि नेपाली राजनैतिक पार्टीका नेताहरू विदेशी राजदूतहरूलाई भेट्न निवेदन हाल्ने गर्दथे । तर, आज दस वर्षपछि विदेशी राजदूतहरूले नेपाली नेतालाई भेट्न पाऊ भनेर निवेदन हाल्ने गरेका छन् । यो परिवर्तनलाई कसरी हेर्नुभएको छ ?
प्रचण्ड- कुरो के हो भने त्यतिखेर हामी सबैका कमीकमजोरी थिए । हामी सबैको विवेकमा खिया लागेको स्थिति हो । समग्र देशको भन्दा पनि व्यक्ति, पार्टी र गुटको हितलाई मात्रै अगाडि ल्यायौं । तर, विस्तारै हामीमा एकता, सहकार्य र सहमतिको जुन वातावरण बन्यो, त्यसले देश, जनतालाई यो अवस्थासम्म पुर्‍यायो भन्ने हाम्रो ठम्याइ छ ।
अजयकुमार- हिजो तपाईंसँग अमेरिकी राजदूतले भेटेछन्, के कुरा भयो तपाईंहरूबीच ?प्रचण्ड- मने, अमेरिकामा गत सेप्टेम्बरमा जुन समुद्रीआँधी आयो, त्यसले त्यहाँको अर्थतन्त्रलाई नराम्रो धक्का लाग्न पुग्यो । नोभेम्बरमा फेरि आतंककारी हमलाका कारण अमेरिकामा भोकमरी सुरु भयो, यस्तो विपत्तिमा नेपालले पनि अमेरिकालाई सहयोग गर्नुपर्‍यो भन्ने कुरा राजदूतले राखे । हामीले पनि मानवीयताका आधारमा अमेरिकालाई नेपाल सरकारका तर्फबाट एक करोड डलर सहयोग दिने वचनबद्धता प्रकट गरिसकेका छौं ।
अजयकुमार- हाम्रो इतिहास हेर्दा, हाम्रो देश दाता राष्ट्रहरूबाट ऋण लिएर चल्ने मुलुक, केवल दस वर्षमा नै विश्वका ठूला देशहरूलाई अनुदान दिन सक्ने बनेको छ । कस्तो लाग्छ तपाइंलाई ?

प्रचण्ड- यो केवल हाम्रो कारणले भन्दा पनि सम्पूर्ण राजनैतिक पार्टीहरू, नागरिक समाज र आमजनताको सहकार्यको प्रतिफल हो । यो देख्दा निश्चित रूपमा खुसी नहुने कुरै छैन भन्ने हाम्रो ठम्याइ हो । अझ चीनमा आएको बाढीबाट पीडितलाई पाँच करोड डलर अनुदान दिने नेपाल सरकारको हिजोको निर्णयले नेपाल र नेपालीलेको महानता झल्किएको छ भन्ने मलाई लाग्छ ।

अजयकुमार- प्रधानमन्त्रीज्यू, त्यति धेरै सहयोग गर्न सक्नेगरी नेपालले स्रोतचाहिँ कसरी, कहाँबाट जुटाउन सक्यो ? बताइदिनोस् न ।प्रचण्ड- हामीले प्रष्ट भनेको छौं, हामीकहाँ भ्रष्टाचार छैन, त्यसकारण राजस्वले नै राज्यका दैनिक खर्च चल्ने गरेको छ । उता कर्णालीको बिजुली तिब्बत, चीन, मंगोलिया, उज्वेकिस्तान र रसियामा बेचेर डरल भित्र्याएका छौं । रोल्पा र हुम्लामा सबैभन्दा ठूलो जडीबुटी उद्योग खोलेर वाषिर्क ५० करोडको त औषधि निर्यात गर्दै आएका छौं । गत वर्ष मात्रै २० लाख पर्यटक नेपाल भित्रिएको रिपोर्ट त तपाईंले पनि हेरिसक्नुभएको छ । छुर्पी, चिया, यार्सागुम्बा, मणिमाणिक्य आदिको व्यापारले पनि हामी अहिले एसियाकै सबैभन्दा बढी आयस्रोत भएको मुलुकको रूपमा स्थापित भएका छौं ।



अजयकुमार- सरकारले जुन मेचीदेखि महाकालीसम्म बुलेट रेल सेवा सुरु गर्‍यो नि, यसका बारेमा बताइदिनोस् न ?
प्रचण्ड- काँकडभिट्टादेखि कैलालीसम्म केवल तीन घन्टामा पुर्‍याउने यो रेल सेवा पेट्रोलबिनै हाम्रै त्रिशुलीको बिजुलीले चल्नेगर्छ । संसारमा पेट्रोलको जति भाउ बढे पनि तराईका जनताको एकताको प्रतीक एकता एक्सप्रेस रेल सेवालाई कुनै फरक पर्दैन ।

अजयकुमार- एउटा आरोप छ, यो रेल सेवाले जनतालाई भन्दा ज्यादा नेपाल-भारत सिमानामा क्रियाशील चोर, डाँका, तस्कर र कालोबजारीलाई बढी फाइदा पुगेको छ रे नि ?
प्रचण्ड- त्यो सरासर अफवाह हो किनभने नेपाल-भारत सिमानामा दुवै देशका प्रहरीहरू यति क्रियाशील छन् नि, गैरकानुनी रूपमा कोही पनि आवातजावत गर्न सक्दैन । त्यसमा पनि मेचीदेखि कालीसम्म नै नेपाल-भारत सीमाको दशगजा क्षेत्रमा १५ सय किलोमिटरको २० फुटे सेक्युरिटी वाल निर्माण भएको छ । त्यसमा करेन्ट जडान गरिएको छ । र, चौबीसै घन्टा स्याटलाइटले कन्ट्रोल र नेपाली सीमा सुरक्षा बलले निरीक्षण गरिरहेकाले नेपाल- भारतबीचको सम्बन्ध यति लामो समयसम्म सुमधुर रहन सकेको हो भन्ने मलाई लाग्छ ।

अजयकुमार- गत साता एउटा सनसनीपूर्ण समाचार आयो, एकजना मानिसले तपाइंलाई कालो झन्डा देखायो रे, हो ?
प्रचण्ड- हामी पनि अचम्मित भएका छौं कि यो दस वर्षबीचमा हिंसाको एउटा सानो रूप पनि देशमा देखिएन । तर, यो कालो झन्डा देखाउने घटनाले हामी चिन्तित भएका छौं । कतै हामीले जनताको आशा र अपेक्षामाथि कुठाराघात गरेकाले पो यो डरलाग्दो घटना भयो कि भन्ने लागेको थियो ।

अजयकुमार- किन देखाएका रहेछन् त कालो झन्डा ?
प्रचण्ड- आफ्नो अर्बौंको सम्पत्ति राज्यलाई दान दिने उनको इच्छा रहेछ । तर, राज्यको यो नियम छ कि जनताको सम्पत्ति राज्यले कुनै पनि सर्तमा लिनुहुन्न भनेपछि उनले राज्यलाई सहयोग गर्न पाउनुपर्छ भन्ने मागका साथ कालो झन्डा देखाएका रहेछन् ।

अजयकुमार- अचम्मको परिवर्तन हगि ? उहिले जनता कर तिर्न भनेपछि मरेजस्तो हुन्थे, आज राज्यलाई आफ्नो सम्पत्ति दान दिने हैसियतमा पुगे । कस्तो लाग्छ, केवल दस वर्षमा नै यस्तो संस्कारको विकास भएको छ ?
प्रचण्ड- मने, एक्काईसौं शताब्दीको लोकतान्त्रिक संस्कृति भनेकै यही हो जस्तो लाग्छ ।

अजयकुमार- तपाईं दस वर्षअगाडि एउटा शब्द खुब प्रयोग गर्नुहुन्थ्यो, चमत्कार । आखिर चमत्कार गरेरै देखाइदिनुभयो । समुद्र नै नभएको देश नेपालमा पानी जहाज पनि ल्याइदिनुभयो, कसरी ?
प्रचण्ड- बंगलादेशको फूलबारी नाकाबाट हामीले भारतसँग कुरा राख्यौं कि सप्तकोसीसम्म जोड्ने ठूलो नहर बनाउनुपर्‍यो भनेर । त्यसपछि पश्चिम बंगाल, बिहार हुँदै पानीजहाज चल्न सक्ने नहर सप्तकोसीसम्म जोड्यौं । सप्तकोसीबाट उत्तरतिर पानीजहाज धनकुटाको मूल घाटसम्म लगेर नेपाल र नेपालीले चमत्कार गरेकोमा अहिले सारा विश्व पनि अचम्मित भएको छ ।

अजयकुमार- नेपाल सरकारले अमेरिकन र युरोपियनलाई भिसा बन्द गर्‍यो भन्ने समाचार आएको छ नि ?
प्रचण्ड- बन्द भन्दा पनि व्यवस्थित बनाउन खोजेको हो । यसअघि नै दुई लाखजति अमेरिकीहरू नेपालमा लुकीछिपी काम गर्दै गरेका थिए । टुरिस्ट भिसामा आएर यतै लुकीछिपी काम गर्ने युरोपियनको संख्या पनि लाखौं रहेको स्थिति छ । त्यसैले हामी केही कडाइ मात्र गरेको हौं ।

अजयकुमार- त्यसको मतलब विदेशीलाई नेपालमा कामदार भिसा अब सदाका लागि बन्द गरेको हो त ?
प्रचण्ड- हैन, हिजै मात्र डोमेस्टिक हेल्परको रूपमा नेपाल आउने पाँच हजार अरेबियन महिलाका भिसा हामीले इस्यु गरिसकेका छौं । जुम्लाको अन्तर्राष्ट्रिय मिनेरल उद्योगका लागि दस हजार जर्मन मजदुरहरू यसै साता नेपाल आउँदै छन्। मुस्ताङमा निर्माणाधीन नेपाली डिजिनेल्यान्डमा काम गर्ने ५० हजार निर्माण मजदुर आगामी फेब्रुअरीसम्ममा नेपाल भित्रिइसक्नेछन् ।

अजयकुमार- प्रकृतिप्रेमीहरूको आरोप छ कि सरकार काठमाडौंमा बनाएका ८०,१००,१५० तले भवनहरूले काठमाडौंका डाँडाकाँडालाई छेके । यसले प्रकृतिमाथि अन्याय भयो रे, सरकारले के सोचेको छ यस विषयमा ?
प्रचण्ड- मने, विकासलाई त कसैले चाहेर पनि छेक्न सक्दैन । योभन्दा बढी भवनहरू काठमाडौंमा नबनून् भन्ने जनताको मागलाई ध्यानमा राखेरै हामी नेपालको शीतकालीन राजधानी विराटनगर, गृष्मकालीन राजधानी हुम्ला, शरदकालीन कैलाली र शिशिरकालीन राजधानी ताप्लेजुङलाई बनाएका हौं ।

अजयकुमार- भनेर भन्ने र अन्तर्वार्ता लिने र दिने दिन कहिले आउला ????







KABITA: LOVE PARDAI PARENA
कालीले I love u, भन्दै भनिन
खैरिनीले झन, गन्दै गनिन
Mexicon ले Hug गरी, गाला सम्म दलेकै हो
थरुनी जस्ती Ethiyopian देख्दा, तेस्रो नेत्र नि बलेकै हो
Department बेग्लै, भेट्नै GARO त्यस्को English नि, बुझ्नै सारो
मन त बिस्तारै मिल्थ्यो होला, पाईला कसैको सर्दै सरेन
अनि त के पर्नु लभ, पर्दै परेन
नेपाली केटीलाई New mexico, थाहै छैन जस्तो छ
Class जाउँ कालो face,बाक्लो जुँगै सस्तो छ
एक दुई वटी Local खैरिनी,आक्कल झुक्कल देखेकै हो
कपडा लाउनै अल्छी गर्छन्, हाम्रो खप्पराँ नि लेखेकै हो
Coffee बोकी skateboard चढ्नेले, खै हाम्लाई के गन्लान् ?
जानै मानेनि चुरोट तान्नेलाई, बा'ले बुहारी कसरी भन्लान् ?
यस्तै सोची खैरिनी ताक्ने, छोराले आँट गर्दै गरेन
आँट्न र ढाँट्न नजान्नेको, के पर्नु लभ पर्दै परेन
Gay भन्छन् रे सँगै हिडे, केटासँग हिड्नै नपाइने रैछ
ईज्जतै धान्न नि हात समाई हिड्ने, एउटी तरुनी त चाइने रैछ
Bike को त कुरै छाडौं, car किन्न नि डलर मरु
Hight तन्केन Body फुलेन, बुढेसकालमा खै के गरुँ ?
दिनहुँ नुहाई zatak नै छरे निखौरेर दारी, सिनित्तै परे नि
English छाँट्न पर्ने देशमा, नेपाली गफले कामै गरेन
अनि त भुत्रो को पर्नु लभ, पर्दै परेन ।।